Welcome To Music Composer Association Nepal

Sun-Fri: 10am to 5pm - Sat: Closed

१३औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न साथै नयाँ कार्यसमिति चयन

  • Home
  • १३औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न साथै नयाँ कार्यसमिति चयन
Image

१३औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न साथै नयाँ कार्यसमिति चयन

सङ्गीतकार संघ नेपालको १३ औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न भएकोछ । पहिलो चरणमा कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठित संगीतकार शम्भूजीत बास्कोटा तथा वरिष्ठ संगीतकार लक्ष्मण शेषले आफ्नो ओझिलो मन्तव्य राख्नुभएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधीज्यूहरुले पनि आफ्ना राय सुझावहरु साथै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा नयाँकार्य समितको चयन प्रकृया सम्पन्न भयो । संगीतकार संघका नवअध्यक्ष अष्ट लामाले संस्थाको भावी योजनाहरु बताउँदै सम्पुर्ण नयाँ कार्यसमिति सदस्य ज्युहरुसंग सपथ ग्रहण गर्नुभयो । कार्यक्रममा संगीतकारहरु राजु सिंह, हरि लम्साल, स्वरूपराज आचार्य, सत्यराज आचार्य, नरहरि प्रेमी, अर्जुन पोखरेल लगायत अधिकांश संगीतकर्मीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रम मिती २०८२ जेठ  १७ गते शनिबार अनुपम फूड्ल्याण्ड गौशालामा भएको थियो ।

१३औं वार्षिक साधारण सभाबाट भएको निर्णय पछिको नयाँ कार्य समिति यसप्रकार रहेको छ ।

संरक्षक : शम्भूजीत बासकोटा

अध्यक्ष :  अष्ट लामा

बरिष्ठ उपाध्यक्ष : राजेश थापा

प्रथम उपाध्यक्ष : शंकर थापा ‘स्माइल’

द्वितिय उपाध्यक्ष : राजेन्द्र बजगाई

महासचिव : दिनेश बान्तवा राई

सचिव : दिपक शर्मा

कोषाध्यक्ष : योगेन्द्र उपाध्याय

सदस्यहरु :  कमलि कान्त भेटवाल

                     हरिशरण सायमी

                     तारा वीर पाण्डे

                     अर्जुन कौशल

                      बबिना भट्टराई